विराटनगरमा चार तले घर, घरभाडाको नाममा राज्यकोष दोहन गर्दै भीम पराजुली

विराटनगर । कोशी प्रदेश सभामा विराटनगरमा नै घर भएका सांसदहरूले घरभाडाको नाममा राज्यकोषको दोहन गरेको पाइएको छ। विराटनगर महानगरपालिकामा मेयर भएको बेला बैँक खातामा तलब जम्मा गर्न लगाउने अनि तलब नै नलिएको ढाडस दिने भीम पराजुलीले प्रदेश सभा सदस्य भएपछि घरभाडाको नाममा राज्यकोषको दोहन गरेको पाइएको हो ।

मकालुखबरले सूचनाको हक प्रयोग माग गरेको सूचनामा विराटनगरमा नै घर भएका प्रदेश सभा सदस्य भीम पराजुलीले घरभाडा बापतको १९ हजारको दरले बुझेको फेला परेको हो । प्रदेशसभाबाट करिब ३ किलोमिटरको दुरीमा उनको ४ तले घर रहेको छ । पराजुलीको घर विराटनगरको वडा नम्बर ३ मा अवस्थित छ उनले आफ्नो घर भाडामा समेत लगाउँछन्  । तर उनी आफैँ घरभाडा बापतको रकम बुझ्दै आएका छन्  ।

यसरी पराजुलीले जस्तै घरभाडा बापत मासिक १९ हजार लिने अधिकांश सांसद छन् । भीम पराजुलीले जस्तै मोरङका अन्य ७ जना सांसदहरूले पनि मासिक घर भाडा बुझिरहेका छन् । यसरी घरभाडा बुझ्नेहरूमा मोरङका खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी, उमाकान्त गौतम, गयानन्द मण्डल, मानबहादुर लिम्बु, मालती कुमारी लिम्बु, लीलाबल्लव अधिकारी, विद्या चाम्लिङ र नुरशदी वेगम रहेका छन् ।

संसद् सचिवालयले दिएको जानकारी अनुसार राजधानीमा घर भएका र नभएका ७ जना बाहेक सबै प्रदेशसभा सदस्यहरूले घर भाडाको रकम लिइरहेका छन् । मोरङकै केही सांसदले भने घरभाडाको रकम लिएका छैन । घरभाडा नलिने सांसदहरूमा अमृत अर्याल, केदार कार्की, शिला दीक्षित कार्की, जय प्रकाश चौधरी, गणेश उप्रेती र गीता तिम्सिना र गीतारानी महतोले लिएका छैनन्  ।

यसरी मासिक घरभाडा लिने धेरै जसो सांसदहरू घरैबाट प्रदेशसभा आउने जाने गरेका छन् ।  प्रदेश सभा सदस्य तथा पदाधिकारीहरूको सुविधा सम्बन्धी ऐन २०७५ मा व्यवस्था भए अनुसार अहिले १५ किलोमिटर भित्रका प्रदेश सभा सदस्यलाईमाथि घर मर्मत खर्च भनेर एकमुष्ट ६० हजार दिने व्यवस्था रहेको छ । त्यस्तै १५ किलोमिटर बाहिर घर हुने प्रदेश सभा सदस्यहरूले मासिक १९ हजार मासिक घरभाडा बापत भुक्तानी गर्ने गरिएको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

‘विराटनगरमा घर छैन भनेर डिक्लीयर एउटा फर्ममा सही गरेपछि प्रदेश सभा सदस्य ज्यूहरूले फर्म भरेको आधारमा घरभाडा दिने गरिएको छ, पराजुलीले भने, मेरो घर १५ किलोमिटर भित्र पर्दै भनिएपछि मात्र हामीले उहाँहरूलाई घरभाडा दिने गरेका छौँ ।’

प्रतिक्रिया

2 thoughts on “विराटनगरमा चार तले घर, घरभाडाको नाममा राज्यकोष दोहन गर्दै भीम पराजुली

  1. पत्रुकार महोदय अलिक बुझेर र लेख्ने गर्नुस न। सबैको थाहा भएन तर तपाईंले लेखेको मध्य सबैको घर चै छैन है त्यो ग्यारेन्टी दिन्छु।

  2. यदि कुनै सांसदले नियम मिचेर वा ढाँटेर घर भाडाको नाममा सरकारी ढिकुटी (जनता) को पैसा खान्छ भने त्यो महाभ्रष्ट हो, जनताप्रति विश्वासघात र अपमान हो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *