चितवन-२ मा रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । उनले वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन-२ मा बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

सभापति लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका थिए । उनले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भएपनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गरेका हुन् ।

यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि लामिछाने सोही क्षेत्रबाट निर्वाचित भएका थिए । चितवन क्षेत्र नम्बर २ मा कांग्रेसले जीतनारायण श्रेष्ठ, एमालेले रामप्रसाद न्यौपाने र राप्रपाले जीवलाल पुरी उम्मेदवार बनाएको छ ।

यो पनि : कांग्रेस नेता जगन्नाथ पौडेलले रविलाई समर्थन गर्ने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *