फेरि भड्किए जगन्नाथ पौडेल, उपनिर्वाचनमा रविलाई समर्थन गर्ने घोषणा

काठमाडौँ । कांग्रेस नेता जगन्नाथ पौडेलले उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समर्थन गर्ने बताएका छन् । उनले चितवन–२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाका उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने बताएका हुन् ।

रास्वपालाई सहयोग गर्दा देशले निकास पाउने नेता पौडेलको जिकिर छ । ‘छोटो समयमा देशले रूपान्तरण खोजेको छ । त्यो रूपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ । र, त्यो टिममा ऊर्जावान् व्यक्तिहरूको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीहरूको समूह हो,’ उनले बिहान सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘उहाँहरूलाई सहयोग गर्दाखेरी देशले निकास पाउँछ भन्ने लाग्छ ।’

तर तत्काल रास्वपामा प्रवेश गर्नेबारे भने नसोचेको उनले बताए । अहिले पौडेल लामिछानेसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । चितवन क्षेत्र नम्बर २ मा कांग्रेसले जीतनारायण श्रेष्ठ, एमालेले रामप्रसाद न्यौपाने र राप्रपाले जीवलाल पुरी उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *