रविको तालिका : चितवनमा उम्मेदवारी दर्ता गराएर तनहुँ पुग्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएर तनहुँ जाने भएका छन् ।

सो पार्टीका केन्द्रीय सदस्य दीपक बोहोराका अनुसार सभापति लामिछाने चितवन-२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहुँ-२ हुने मनोनयन दर्ताका लागि पुग्नेछन् ।

उनका अनुसार चैत्र २० गते बिहान ९ बजे भरतपुर महानगर-११ विशाल चोक राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्यालयमा भेला हुने र त्यहाँबाट ९: ३० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १० बजे मनोनयन दर्ता गर्ने समय तालिका रहेको छ ।

‘त्यसपछि २ बजे सभापति तनहुँको दमौलीमा पुगेर स्वर्णिम वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रममा सहभागी हुने तालिका रहेको छ,’ उनले भने । उनका अनुसार बारा- २ मा रमेश खरेलको उम्मेदवारी मनोनयन दर्ता गर्नका लागि भने पार्टी उपसभापति डिपि अर्याल बारा जानेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *