मिलानले शीर्ष स्थानको नापोलीलाई ४-० ले हरायो

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत एसी मिलानले शिर्ष स्थानमा रहेको नापोलीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मिलानले नापोलीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

मिल्नाको जितमा राफेल लीओले दुई गोल गरेका थिए भने ब्राहिम डियाज र एलेक्सिस सालेमेकर्सले एक एक गोल गरेका थिए । मिलानले सन् २००० पछि पहिलो पटक नापोलीमाथि यति फराकिलो जित हासिल गरेको हो ।

यो जितपछि मिलानको २८ खेलमा ५१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै शिर्ष स्थानमा रहेको नापोलीको भने २८ खेलमा ७१ अंक रहेको छ र दोस्रो स्थानमा रहेको लाजियोभन्दा अझै १६ अंकले अगाडी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *