बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भल्लाडोलिडलाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा रियल म्याड्रिडले भल्लाडोलिडलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा करिम बेन्जमाले ह्याट्रिक गरेका थिए । त्यस्तै रोड्रीगो, मार्को असेन्सियो र लुकास भाजक्वेजले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको २७ खेलमा ५९ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । रियल म्याड्रिड शीर्ष स्थानमा रहेको बार्सिलोना भन्दा १२ अंकले पछाडि रहेको छ । भल्लाडोलिडको २७ खेलमा २८ अंक छ र लिगमा १६औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *