लियोनसँग हार्‍यो पिएसजी

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजी लियोनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा लियोनले पिएसजीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

लियोनको जितमा खेलको ५६औँ मिनेटमा ब्राडली बार्कोलाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि लियोनको २९ खेलमा ४४ अंक भएको छ र लिगमा नवौँ स्थानमा रहेको छ ।

त्यस्तै पिएसजीको भने यस सिजनको लिगमा यो पाँचौँ हार हो । २९ खेल खेलेको पिएसजीको ६६ अंक रहेको छ र लिगमा शीर्ष स्थानमा कायम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *