मेयरको सट्टा एसईई परीक्षा दिने ज्वाइँ पक्राउ !

जनकपुरधाम । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी कमल साहलाई अनुगमन टोलीले नियन्त्रणमा लिएको हो । गरुडा नगरपालिका ६ का साह मेयर कानुको सट्टा परीक्षा दिँदै गर्दा पक्राउ परेको रौतहट प्रहरीले पुष्टि गरेको छ । मेयर कानुको सिम्बाेल नम्बर ३५०३७२८ रहेको छ । उक्त परिचय-पत्र सहित साह पक्राउ परेका हुन् ।

अहिले उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ परेका नक्कली परीक्षार्थी साह मेयर कानुको नातामा ज्वाइँ पर्ने बुझिएको छ । उनी पेशाले इन्जिनियर हुन् ।

रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले पक्राउ परेका नक्कली परीक्षार्थी साहमाथि परीक्षा नियमावलीअनुसार कारबाही हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *