बारा २ मा जनमतका कुशवाहाको घरदैलो सुरु, धान खेतमा पुगेर किसानसँग मागे भोट

जनकपुरधाम । उप–निर्वाचन हुन लागेको बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीले चुनावी अभियान तीव्र पारेको छ ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई राखेर उम्मेदवार शिवचन्द्र कुशवाहा आजबाटै घरदैलो सुरु गरेका हुन् । उनले खेतमै पुगेर चैती धान रोपिरहेका किसानसँग भोट मागेका छन् ।

अहिले उम्मेदवार मनोनयन दर्ता भइसकेको छैन । तर मनोनयन दर्ता अगाड िनै जनमतले चुनावी अभियान तीव्र पारेको हो । जनमतका सयौँ नेता कार्यकर्ता सो क्षेत्रका ४४ वटै वडामा खटिसकेका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बन्ने भनिएका जसपा अध्यक्ष उपेन्द्र यादव अहिलेसम्म उक्त क्षेत्रमा गएका छैनन् । मनोनयन दर्तापछि मात्र यादवले चुनावी कार्यक्रम सुरु गर्ने बताइएको छ ।

यस क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादवलाई जसपाले उपराष्ट्रपति बनाएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *