लेवनडोस्कीको २ गोलमा बार्सिलोनालाई १५ अंकको अग्रता

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ । स्पेनिश लिगमा शीर्षस्थानमा रहेको बार्सिलोनाले घरेलु टोली इल्चेमाथि ४-० को फराकिलो जित निकालेको हो ।

पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोल तथा अन्सु फाती र फेरान टोरेसले एक एक गोल गरे पछि बार्सिलोनाले सानदार जीत निकाल्न सफल भएको हो ।

इल्चेमा शनिबार राति भएको एक पक्षीय खेलको २०औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १-० को अग्रता लिन सफल भएको थियो । दोस्रो हाफको ५६औं मिनेटमा फेरान टोरेसको पासमा अन्सु फातीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

त्यसको १० मिनेट पछाडी अर्थात ६६औं मिनेटमा गाभीको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । र, ७०औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ४-० को सहज जित दिलाए ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा १५ अंकको अग्रता पनि लिएको छ । शीर्षमा बार्सिलोनाको २७ खेलबाट ७१ अंक भएको छ भने रियल म्याड्रिड ५६ अंकमा दोस्रो स्थानमा छ । पराजित इल्चे १३ अंक जोडेर रेलिगेसनको पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *