एस्टन भिल्लासँग घरेलु मैदानमै हार्‍यो चेल्सी

काठमाडौँ । एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीमाथि २-० को प्रभावशाली जित निकालेको छ । घरमै भएको एक अर्को खेल गुमाएपछि चेल्सीका व्यवस्थापक ग्राहम पोटरमाथिको दबाब अझ बढेको छ ।

भिल्लाको जितमा ओली वाटकिन्सन र जोन म्याकगिनले एक/एक गोल गरे । यो जितपछि भिल्ला ४१ अंकमा सातौं स्थानमा उक्लेको छ । चेल्सी भने ३८ अंकमा ११ औं स्थानमा झरेको छ ।

बर्नमाउथले फुलह्यामलाई तथा क्रिस्टल प्यालेसले लेस्टर सिटीलाई २-१ गोलले हराएको छ । ब्राइटन र ब्रेन्टफोर्डले ३-३ तथा नटिङ्घम फरेस्ट र उल्भ्सले १-१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *