सानदार जितसँगै आर्सनललाई ८ अंकको अग्रता

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लिड्स युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा गाब्रियल जिससले दुई गोल गरेका थिए भने बेन ह्वाइट र ग्रान्ट झाखाले एक/एक गोल गरेका थिए । रासमस क्रिस्टेनसेनले लिड्सका लागि एक गोल फर्काएका थिए ।

यो जितपछि शीर्ष स्थानमा रहेको आर्सनलको २९ खेलमा ७२ अंक भएको छ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ८ अंकले अगाडी भएको छ । यद्यपि सिटी एक खेल कम खेलेको छ । लिड्स युनाइटेडको २८ खेलमा २६ अंक रहेको छ र १६औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *