सिटीको मैदानमा निरिह बन्यो लिभरपुल

अन्तर्राष्ट्रिय ब्रेकपछि इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी हाबी भएको छ। शनिबार साँझ लिभरपुलमाथि सिटीले सानदार जित दर्ता गरेको हो।

आफ्ना प्रमुख स्ट्राइकर एर्लिङ हल्याण्डबिनै मैदान उत्रिएको सिटीले लिभरपुललाई ४–१ गोल अन्तरले पराजित गर्यो।

घरेलु मैदानमा सुरुवातमा पछि परेको सिटीले लगातार चार गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो।

खेलको १७ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए।

तर, २७ औं मिनेटमा जुलियन अल्भारेजले सिटीलाई बराबरीमा ल्याए।

दोस्रो हाफको सुरुमै सिटीले अग्रता बनायो। ४६ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दा सिटी २(१ ले अगाडी लाग्यो।

खेलको ५३ औं मिनेटमा इल्के गुन्डोगानले अग्रता ३(१ बनाउँदा ७४ औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई ४–१ को जित दिलाए।

दोस्रो स्थानमा रहेको सिटीको २८ खेलमा ६४ अंक भएको छ। ४२ अंक जोडेको लिभरपुल सातौं स्थानमा छ। ७२ अंकसहित आर्सनल शीर्षस्थानमा छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *