एन्फाको आकस्मिक बैठकले गर्यो चार महत्वपुर्ण निर्णय

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक बसेको कार्यसमिति बैठकले चार निर्णय गरेको छ।

असन्तुष्ट समूहले बहिष्कार गरेको शनिबारको आकस्मिक बैठकले प्रधानमन्त्री थ्री नेसन्स कप विजेता नेपाली टोलीलाई नगद पुरस्कारका लागि सरकारसँग माग गर्ने निर्णय गरेको छ।

अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा बसेको बैठकले फिफासँग विभिन्न शीर्षकमा बजेट माग गर्ने पनि निर्णय गरेको छ ।

शहिद स्मारक बी डिभिजन टिम तयारीको लागि प्रत्येक क्लबलाई १४ लाख ५० हजार दिने र बी डिभिजन लिग संचालनको बजेट ३ करोड ९३ लाख एक हजार ८१३ रुपैयाँ पारित गरेको छ।

जिल्ला लिग संचालनका लागि प्रत्येक जिल्लालाई प्रदान गरिने रकम माग गरिने, जिल्लाको कार्यालय संचालन गर्नलाई २ लाख दिने , जिल्ला फुटबल सामाग्रीहरुको लागि १ लाख दिने र ए, बी, सी डिभिजन लिग, महिला लिग लगायत प्रतियोगिता खर्चका लागि संघले प्राप्त गर्ने अनुदानको विभिन्न शीर्षबाट रकम निकासाका लागि एएफसी र फिफासँग अनुरोध गर्ने निर्णय पनि भएको छ।

बैठकले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पुरस्कार स्वरुप प्राप्त हुने ९ हजार ५०० अमेरिकी डलर र नेपाली राष्ट्रिय टोलीको बसोवास खर्च राष्ट्रिय खेलकुद परिषद्सँग माग गर्ने निर्णय गरेको छ।

यस्तो छ एन्फाको निर्णय

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *