राजनीतिक सिन्डीकेटतन्त्रको विरुद्धमा सबै एक हुनुको विकल्प छैन : खरेल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डीकेटतन्त्रको विरुद्धमा सबै एक हुनुको विकल्प नरहेको बताएका छन् ।

शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारको भागबण्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरू एक ठाउँमा उभिनुपरेको बताएका हुन् । उनले देशमा सुशासन नभएसम्म देशले विकासमा उल्लेखनीय प्रगति हासिल नगर्ने बताए । उनले आफूहरूमा अलमलिने छुट नरहेको जिकिर गरे । उनले सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न नसके कसैको पनि भविष्य सुनिश्चित नरहेको बताए ।

उनले भने, ‘देशमा सुशासन नभएसम्म हामी अलमलिइरहन्छौँ । तर अब हामीसँग अलमलिने छुट छैन । हामी अलमलिनु हुँदैन । हामीले देशलाई एउटा गतिमा अघि बढाउनैपर्छ । देशको समृद्धिको लागि हामीले अब जाग्नुपर्छ । हामीले एक ठाउँमा उभिएर एक भएर काम गर्नुपर्छ । हामीले यो माफिया तन्त्रलाई रोक्नैपर्छ । हामीले सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न सकेनौँ भने भविष्य सुनिश्चित कसैको छैन ।’

साथै, नेता खरेलले नेपाल आमालाई जोगाउन चाहने सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =