उपचुनावका उम्मेदवार टुंगो लगाउन एमालेको बैठक

काठमाडौँ । उपचुनावको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक अहिले साढे १२ बजेपछि पार्टी मुख्य कार्यालय च्यासलमा बस्ने भएको हो ।

चितवन-२ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ-१ मा पूर्व आइजिपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको उपमहासचिव विष्णु रिमालले जानकारी दिए । उनकाअनुसार सचिवालय बैठकबाट टुंगो लाग्नेछ ।

बारा-१ बाट को उठाउने भनेर पनि बैठकमा टुंगो लगाउने जनाइएको छ । वैशाख १० गते उपचुनाव हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =