बेष्ट प्लेयर आयुस, फाइनलको म्यानअफ द म्याच मनिष

प्रधानमन्त्री थ्री नेशन्स कप फुटबलमा नेपालका आयुस घलान ‘बेष्ट प्लेयर’ घोषित भएका छन्। यसअघि बंगलादेशविरुद्धको खेलमा म्यानअफ द म्याच घोषित आयुसले फाइनलमा पनि पहिलो गोल गरेका थिए।

खेलको १७ औं मिनेटमा पछि परेको नेपाल आयुसको गोलमा २४ औं मिनेटमा बराबरीमा फर्किएको थियो। पहिलो खेलमा नेपालका अनन्त तामाङ म्यानअफ द म्याच घोषित भएका थिए।

फाइनलमा निर्णायक गोल गरेका मनिष म्यान अफ द म्याच घोषित भए।

खेलको ८७ औ मिनेटमा मनिष डाँगीले १ गोल थप्दै नेपाललाई २–१ को जित दिलाएका हुन्।

यसअघि पहिलो खेलमा नेपालले लाओसलाई २–० ले पराजित गरेको थियो। लाओस भुटानलाई २–१ ले पराजित गर्दै फाइनलमा पुनः नेपालसँगको भेट पक्का गरेको थियो।

नेपाल र भुटान १–१ को बराबरी खेलेका थिए।

घरेलु मैदानमा समर्थकको साथ पाएको नेपालले उपाधिसँगै ५ हजार अमेरिकी डलर हात पारेको छ। यसैगरी उपविजेता लाओसले ३ हजार डलर पाएको छ।

फाइनलखेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरु पनि दशरथ रंगशालामा पुगेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *