प्रधानमन्त्री थ्री नेशन्स कप फुटबलको उपाधि नेपाललाई, लाओसविरुद्ध पुर्नरागमन जित

काठमाडौँ। प्रधानमन्त्री थ्री नेशन्स कप फुटबलको उपाधि नेपालले जितेको छ। शुक्रबार साँझ दशरथ रंगशालामा लाओसलाई २–१ ले पराजित गर्दै घरेलु मैदानमा नेपालले उपाधी रक्षा गरेको हो।

नेपालको जितमा आयुष घलान र मनिस डाँगीले एक एक गोल गरे। खेलमा सुरुवाती अग्रता भने लाओसले लिएको थियो।

खेलको १७ औं मिनेटमा लाओसका फोउचाङभोङको गोलमा लाओसले हगंता बनाएको थियो। तर त्यसको ७ मिनेटपछि खेलको २४ औं मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए।

खेलको ८७ औ मिनेटमा मनिष डाँगीले १ गोल थप्दै नेपाललाई २–१ को जित दिलाएका हुन्।

यसअघि पहिलो खेलमा नेपालले लाओसलाई २–० ले पराजित गरेको थियो। लाओस भुटानलाई २–१ ले पराजित गर्दै फाइनलमा पुनः नेपालसँगको भेट पक्का गरेको थियो।

नेपाल र भुटान १–१ को बराबरी खेलेका थिए।

घरेलु मैदानमा समर्थकको साथ पाएको नेपालले उपाधिसँगै ५ हजार अमेरिकी डलर हात पारेको छ। यसैगरी उपविजेता लाओसले ३ हजार डलर पाएको छ।

फाइनलखेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरु पनि दशरथ रंगशालामा पुगेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *