प्रधानमन्त्री थ्री नेसन्स कप : मनिष डाँगीको निर्णायक गोलमा नेपाललाई उपाधि  

काठमाडौँ । दशरथ रंगशालामा शुक्रबार साँझ भएकाे प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि नेपाले जितेको छ ।

खेलको ८७ औँ मिनेटमा मनिष डाँगीले १ गोल थप्दै नेपाललाई २-१ को जित दिलाएका हुन् । फाइनल खेलमा पहिलो हाफ सकिँदासम्म नेपाल र लाओस १-१ गोलको बराबरीमा रहेका थिए ।

खेलको १७ औँ मिनेटमा लाओसका फोउचाङभोङले गोल गरि लाओसलाई १ गोलको अग्रता दिलाए थिए । तर त्यसको ७ मिनेटपछि अर्थात् खेलको २४ औँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए थिए ।

लिग चरणमा अपराजित रही  शीर्ष स्थानमा रहेको नेपाल र  लिग चरणमा दोस्रो स्थानमा रहँदै नेपालसँगको फाइनल पक्का गरेको लाओसबीच उपाधिका लागि प्रतिस्पर्धा भएकाे थियो ।

घरेलु मैदानमा समर्थकको साथ पाएको नेपालले तल्लो वरियताको लाओसलाई हराएर उपाधि उचालेको हो ।

प्रतियोगितामा  विजेता बन्दै नेपालले ५ हजार अमेरिकी डलर हात पारेको छ । यसैगरी उपविजेता लाओसले  ३ हजार डलर पाएको छ ।

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपाल र लाओससहित भुटानको सहभागिता थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *