थ्री नेसन्स कप : पहिलाे हाफ सकिँदा नेपाल र लाओस १-१ गोलको बराबरीमा

काठमाडौँ । दशरथ रंगशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल खेलमा पहिलो हाफ सकिँदासम्म नेपाल र लाओस १-१ गोलको बराबरीमा रहेका छन् ।

खेलको १७ औँ मिनेटमा लाओसका फोउचाङभोङले गोल गरी लाओसलाई १ गोलको अग्रता दिलाए थिए । तर त्यसको ७ मिनेटपछि अर्थात् खेलको २४ औँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए थिए ।

लिग चरणमा अपराजित रही  शीर्ष स्थानमा रहेको नेपाल र  लिग चरणमा दोस्रो स्थानमा रहदै नेपालसँगको फाइनल पक्का गरेको लाओसबीच उपाधिका लागि अहिले दशरथ रंगशालामा अन्तिम प्रतिस्पर्धा चलिरहेको छ ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई  ५ सय अमेरिकी डलर दिइनेछ ।

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपाल र लाओससहित भुटानको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *