थ्री नेसन कप : नेपाल र लाओस १–१ गाेलकाे बराबरीमा खेल्दै

काठमाडौँ । दशरथ रंगशालामा जारी प्रधानमन्त्री थ्री नेसन कप फुटबल प्रतियोगिताको अन्तिम खेलमा नेपाल र लाओसले २४ औँ मिनेटसम्ममा १–१ गाेलकाे बराबरी बनाएर खेलिरहेका छन् ।

खेल सुरु भएको १७ औँ मिनेटमा लाओसका फोउचाङभोङले गोल गरी लाओसलाई १ गोलको अग्रता दिलाए पनि २४ औँ मिनेटमा नेपालको तर्फबाट आयुष घलानले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएका हुन् ।

लिग चरणमा अपराजित रही शीर्ष स्थानमा रहेको नेपाल र  लिग चरणमा दोस्रो स्थानमा रहँदै नेपालसँगको फाइनल पक्का गरेको लाओसबीच उपाधिका लागि अहिले दशरथ रंगशालामा अन्तिम प्रतिस्पर्धा चलिरहेको छ ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पुरस्कार पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई  ५ सय अमेरिकी डलर दिइनेछ ।

प्रधानमन्त्री थ्री नेसन कप फुटबल प्रतियोगितामा नेपाल र लाओस सहित भुटानको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *