प्रधानमन्त्री थ्री नेसन्स कप : उपाधिका लागि लाओसको सामना गर्दै नेपाल

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

फाइनलमा घरेलु टिम नेपालले आज लाओसको सामना गर्दैछ । दशरथ रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि शुरु हुने छ । नेपालले यस अघि लाओसलाई २-० गोल अन्तरले पराजित गरेको थियो भने भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै नेपालसँग हारेको लाओसले भुटानमाथि २-१ को जित हासिल गरेको थियो ।

फाइनल खेलअघि नेपाली टिमका कप्तान किरण चेम्जोङले आफूहरू फाइनल खेलका लागि तयार रहेको बताएका छन् । चेम्जोङले नयाँ खेलाडीको आत्मविश्वास बढाउन यो प्रतियोगिता जित्न जरुरी रहेको बताएका छन् । टिम बनाउन चुनौतीपूर्ण रहेको बताउँदै चेम्जोङले नयाँ खेलाडीसँग छोटो समयमा गरेको कामका आधारमा राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् ।

एन्फाले फाइनलका लागि दुई फरक टिकट मूल्य राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *