तनहुँमा एमालेका उम्मेदवार : पूर्व आइजीपीदेखि नेकपा एसका नेतासम्मको चर्चा

पोखरा। तनहुँमा बैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत एमालेले क्षेत्रबाट उम्मेद्वार आकांक्षीको नाम संकलन गरेको छ । क्षेत्रीय कमिटीको बैठकले ६ जनाको नाम जिल्लामा सिफारिस गरेको हो ।

एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनाल देखि प्रदेशमा हारेका पुर्व सांसदसम्म आकांक्षी छन् । खनाल, प्रदेशका पुर्व सांसद ९यसअघि पराजीत० रामबहादुर गुरुङ, नेताहरु मोहन विक, परितोष पौडेल, किरण धिता र सोझा गुरुङको नाम सिफारिस भएको हो ।

यसअघि नेता किरण गुरुङको नाम समेत चर्चामा थियो । तर पछिल्लो समय उनले आफु उम्मेद्वार नहुने बताइसकेका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट पार्टी प्रवेश गराएर प्रतापलाल श्रेष्ठलाई उम्मेद्वार बनाउने सम्भावना पनि छ । उनी सहितका नेताहरुलाई केही दिनअघि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भेटेका थिए ।

भेटका क्रममा एमाले फर्किन आग्रह गरेको र उनी पनि सकारात्मक रहेको एमाले श्रोतको दावी छ । तर एकीकृत समाजवादीले भने तनहुँ १ मा आफ्नो पार्टीबाट उनै श्रेष्ठ सर्वसम्मत उम्मेद्वार भएको सार्वजनिक गरेको छ । जिल्ला कमिटीका अध्यक्ष श्रीराम कार्कीले प्रेस विज्ञप्ती जारी गरी श्रेष्ठ सर्वसम्मत उम्मेद्वारका रुपमा सिफारिस भएको बताएका छन् ।

कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । यो उपचुनावमा तनहुँ निकै तात्तिने आँकलन गरिएको छ । कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका स्वर्णीम वाग्ले पनि सोही क्षेत्रमा उम्मेद्वार बन्ने बताइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *