कांग्रेस त्यागेका स्वर्णिम तनहुँ १ मा रास्वपाबाट उम्मेदवार बन्दै

काठमाडौँ । नेपाली कांग्रेस त्यागेका डा. स्वर्णिम वाग्ले तनहुँ १ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले तनहुँ निर्वाचन क्षेत्रनम्बर १ काे उम्मेदवारकाे रूपमा स्वर्णिम वाग्लेको नाम टुंगाे लगाएकाे पार्टीका एक शीर्ष नेताले बताए ।

रास्वपाका एक नेताका अनुसार वाग्लेलाई सभापति रवि लामिछानेले मंसिर ४ को निर्वाचन अगागि देखि नै छलफल गरेका थिए । ती नेताले भने, ‘उहाँ आउने फाइनल भएको हो । केही प्रक्रिया बाँकी भएकाले औपचारिक निर्णय आउन बाँकी छ ।’

आफूहरुको पार्टीप्रति वाग्ले सकरात्मक रहेको बताएका छन् ।

उनले भने, ‘उहाँ हामीसँग जोडिने सम्भावना छ ।’

तर, रास्वपा महामन्त्री मुकुल ढकालले भने यसबार कुनै औपचारिक निर्णय नभएको बतए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *