कांग्रेस नेता गुरुराज घिमिरेले पार्टी छाड्न लागेका हुन् ?

विराटनगर । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी अहिलेकै अवस्थामा चल्न नसक्ने बताएका छन् । अहिलेको दलका कारण देशको विकास हुन नसक्ने अवश्था आएकाे भन्दै उनले पार्टीभित्रैबाट सुधार गर्न नयाँ सोच, नयाँ विचारका साथ अघि बढ्न आवश्यक रहेकाे बताए । आ नयाँ साेचका साथ नयाँ अभियानमा लाग्न लागेको उनले बताए ।

अहिले सबै दलमा नेतालाई देवत्वकरण गर्ने र कार्यकर्तालाई दासकाे रूपमा परिभाषित गर्ने काम भइरहेकाे बताए । दास बनाइएका कुनै पनि दलका कार्यकर्ताले नेतृत्वविरुद्ध बोल्ने हिम्मत गर्न छाडिसकेकाे पनि उनले बताए । यस्ताे अवस्थाले पार्टी राजनीतिलाई कमजाेर बनाउँदै लगेकाे उनकाे भनाइ छ ।

अहिलेको नेताको शैली र कार्यकर्ताहरूबाट दलभित्र नयाँ केही कुरा आउन नसक्ने समेत घिमिरेकाे दाबी छ ।

अहिलेको दलबाट कुनै पनि आशा गर्न नसकिने भएकाले त्याे कुरालाई यो कुरालाई जिल्ला जिल्ला र गाउँ गाउँसम्म लग्नका लागि नयाँ अभियान चलाउन लागेकाे बताए ।

सामाजिक सञ्जालमा बिहीबार एक स्टाटस लेख्दै उनले भनेका छन्– ‘नयाँ वर्षमा नयाँ राजनीतिक निर्णय ! राजनीति नयाँ शिराबाट ! परम्परागत राजनीतिको अन्त्य !’

उनको यो भनाइलाई पुष्टि गर्न मकालुखबरले सम्पर्क गर्दा उनले आफू पार्टीमा कार्यकर्ता भएर नै नयाँ धारबाट अघि बढ्न लागेको बताए ।

‘अहिलेकै अवस्थामा दलहरूबाट नयाँ आशा नगरे हुन्छ,’ उनले भने, ‘त्यसका लागि पार्टीको कार्यकर्ता भएरै पार्टीको सीमाभित्र बसी राजनीति नयाँ शिराबाट लाग्नुपर्छ भनेर अभियान चलाउने हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *