कांग्रेसले टुंग्यायाे उपनिर्वाचनका २ उम्मेदवार, मन्त्री छान्ने जिम्मा सभापति देउवालाई

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले १० वैशाखमा ३ वटा क्षेत्रमा हुने उपनिर्वाचनका लागि २ जना उम्मेदवारकाे नाम टुंगाे लगाएकाे छ । बिहीबार बसेकाे बैठकले उम्मेदवारहरूकाे टुंगाे लगाएकाे हाे ।

बैठकबारे जानकारी दिँदै प्रवक्ता प्रकाशशरण महतले तीन वटा उपनिर्वाचन हुने क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको बताए ।

चितवन–२ मा जितनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय छ । आगामी वैशाख १० गते देशका ३ वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने क्षेत्र मध्ये बारा–२ मा भने १९ चैतमा बस्ने बैठकले टुंगाे गर्ने प्रवक्ता महतले जानकारी दिए ।

सत्ता गठबन्धनमा रहेका जसपाका अध्यक्ष उपेन्द्र महताेलाइ नै कांग्रेसले पनि समर्थन गर्ने सम्भावना समेत देखिएकाे छ । त्यसाे हुँदा कांग्रेसले उक्त क्षेत्रमा उम्मेदवार छानिसकेकाे छैन ।

प्रवक्ता महतले बैठकमा मन्त्रिपरिषद विस्तारबारे पनि छलफल भएको सुनाए । उनले भने, ‘योगदान, दक्षता, प्रदेशिक सन्तुलललाई मध्यनजर गरेर मन्त्रीहरु पठाउने निर्णय भएको छ । सभापति ज्यूले सबैसँग फलफल गरेर सुझाव लिनु भएको छ । यसबारे उहाँले निर्णय लिनुहुन्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *