षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार काशीराज दाहाललाई, प्रोत्साहन पुरस्कार अधिकारीलाई

विराटनगर । षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार काशीराज दाहाललाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघको ६८औँ स्थापना  स्थापना दिवसको अवसरमा दाहाल सहित विराटनगरका पत्रकार हरि अधिकारीलाई प्रदान गरिएको हो ।

षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार दाहाललाई र षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार अधिकारीलाई प्रदान गरिएको हो । दाहाल लामो समयदेखि सूचनाको हकको बारेमा अभियान चलाउने व्यक्तिमा पर्छन् भने अधिकारीले सूचनाको हकको प्रयोग गरी समाचार संकलन गरेको भन्दै पुरस्कृत गरिएको महासंघले जनाएको छ ।

२०७३ सालमा स्थापना भएको यो पुरस्कार हरेक वर्ष दुई जनालाई प्रदान हुँदै आएको छ । नेपाल पत्रकार महासंघको व्यवस्थापनमा स्थापना भएको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारको राशि ५० हजार ५१ रुपैयाँ  र  प्रोत्साहन पुरस्कारको राशि १५ हजार ५१ रूपैयाँ रहेको छ ।  पुरस्कृत दाहालले नागरिक तहबाट प्राप्त भएको यो पुरस्कारले सम्मानित गरेकोमा खुसी व्यक्त गरे ।  संविधान विद् दाहालले आम सञ्चार प्राधिकरण बनाउने कानुन बनेको भएपनि नियमावली नआउँदा कार्यान्वयनमा जान सकेको छैन ।

राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान गठन हुने बित्तिकैनयाँ आउने पत्रकारलाई प्रशिक्षित गर्ने बाटो खुल्ने उनले बताए  । निर्वाचनमा सुधार भएन भने संसद् बलियो हुन नसक्ने र त्यो संसद्ले सरकारलाई प्रभावकारी बनाउन नसक्ने उनको भनाइ छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरपालिका सुङना उपलब्ध गराउन तयार रहेको बताए ।

कार्यक्रममा कोशी प्रदेश प्रदेश प्रमुख परशुराम खापुङ, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र गुरुङ, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई,  प्रहरी उपरीक्षक दीपक पोखरेल लगायतले पत्रकार महसंघको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *