अर्जेन्टिना ७-० ले विजयी, मेस्सीले गरे ह्याट्रिक

काठमाडौँ । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा कुराकाओलाई फराकिलो अन्तरले पराजित गरेको छ । बुधबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा लियोनेल मेस्सीले ह्याट्रिक गरेका थिए भने निकोलस गोन्जालेज, इन्जो फर्नानडेज, एन्जल डी मारिया र गोन्जालो मोन्टिएलले एक एक गोल गरेका थिए ।

 मेस्सीको अन्तर्राष्ट्रिय १०० गोल

लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो १००औँ गोल गरेका छन् । मेसीले कुराकाओविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेसँगै आफ्नो अन्तर्राष्ट्रिय क्यारियरको १००औ गोल गरेका हुन् ।

मेसीले १२२औं खेलमा अर्जेन्टिनाका लागि १००औं गोल गरेका छन् । कुराकाओविरुद्ध अर्जेन्टिनाले यो खेल ७-० ले जितेको छ । योसँगै मेसीको अन्तर्राष्ट्रिय गोल संख्या १०२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *