साफ यू–१७ महिला च्याम्पियनमा नेपाल र बङ्गलादेशको बराबरी

साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक बङ्गलादेशसँग बराबरी खेलेको छ।

बङ्गलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा आज भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो। खेलको पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले खेलको दोस्रो हाफलाई जोगाउन सकेन।

खेल सुरुआती आठौँ मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन्। तर नेपालको त्यो एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन।

खेलको ७५औँ मिनेटमा बङ्गलादेशकी खेलाडी सागोरिकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन्। त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो।

यस बराबरी खेलसँगै नेपाल चार खेलमा चार अङ्क जोड्दै प्रतियोगिताको अन्त्य ग¥यो। बङ्गलादेशले पनि ४ खेलमा ७ अङ्क जोड्यो र उपाधि जित्ने सम्भावना पनि समाप्त ग¥यो।

सोही प्रतियोगितामा आज नै रसिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ। रसिया ९ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ। भारतको ६ अङ्क छ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *