मिटर ब्याजलाई अपराध घोषणा गरी सजाय तोक्न कानुन बनाइने

२०७९ चैत १४ गते

काठमाडौँ । मिटर ब्याजलाई अपराध घोषणा गरेर सजायको व्यवस्था गर्ने गरी कानुन निर्माण गर्ने सरकारले निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अपराध संहितामा संशोधन गरेर यस्तो व्यवस्था राख्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार मिटर ब्याजसँग जोडिएका देवयानी र फौजदारी संहिता गरी ४ वटा कानुन संशोधन गरिने भएको छ ।
मिटर ब्याज पीडितहरुको टोलीले महोत्तरीको बर्दिबासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आई सोमबारदेखि आन्दोलन तीव्र पारेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

२०७९ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित