पहिचानवादी र प्रहरीबीच विराटनगरमा झडप, अश्रृग्यास र पानीको फोहोरा प्रहार

काठमाडौँ । कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै आन्दोलन गरिरहेका पहिचान पक्षधर र प्रहरीबिच विराटनगरमा झडप भएको छ । विराटनगरको रोडशेष चौक आसपासमा आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप सुरु भएको मोरङका प्रहरी प्रमुख दीपक पोखरेलले जानकारी दिए ।

उनका अनुसार आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनलाई शान्त पार्न यतिबेला ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । रोडशेष चौकमा रहेको बिग होटेलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन भन्दै पहिचानवादीहरू त्यहाँ पुगेका थिए । प्रहरी र आन्दोलनकारीबिचको दोहोरो झडपका कारण विराटनगरको रोडशेष क्षेत्र तनावग्रस्त बनेको छ ।

होटेल आसपासका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । प्रदर्शनपछि कार्यक्रम स्थगित भएको छ । केही बेरको झडपपछि आन्दोलनकारीहरू फर्किएका छन् ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *