प्रधानमन्त्रीको विरोध गर्दा जेल परेका ३ युवा धरौटी बुझाएर छुटे

काठमाडौँ । प्रधानमन्त्रीको विरोध गर्दा जेल पुगेका ३ जना युवा धरौटी रकम बुझाएर जेलमुक्त भएका छन् ।

सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का मंगलबार धरौटी रकम बुझाएर जेलबाट छुटेका हुन् ।

जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा प्रधानमन्त्री सहभागी हुने एक कार्यक्रममा सहभागी हुन जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरेका उनीहरुलाई मुख थुन्दै प्रहरीले ७ चैतमा पक्राउ गरेको थियो ।

उनीहरुलाई १२ चैतमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी लिएर छोड्न आदेश दिएका थिए ।

तर उनीहरुले धरौटी रकम नबुझाएपछि केन्द्रीय कारागार पठाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *