साताको तेस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

२०७९ चैत १४ गते

काठमाडौँ । नेपाली बजारमा साप्ताहिक कारोबारको तेस्रो दिन पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ हजार रुपैयाँले सुनको मूल्य घटेको हो ।
यसअघि आइतबार प्रतितोला ६ सय रुपैयाँ र सोमबार प्रतितोला २ सय रुपैयाँले मूल्य घटेको थियो । आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो । सोमबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको हो ।

२०७९ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित