प्रधानमन्त्री निवास नजिक पुगेका मिटरब्याज पीडितलाई प्रहरीले भाटभटेनीमै रोक्यो (तस्बिरहरू)

काठमाडौँ ।  मिटरब्याज पीडितहरू प्रधानमन्त्री निवास बालुवाटार नजिक पुगेका छन् । बर्दिबासबाट पैदल यात्रा मार्फत १२औँ दिनमा सोमबार काठमाडौँ आइपुगेका उनीहरू बिहानै बालुवाटार पुगेका हुन् ।

निवासबाहिर प्रदर्शन र धर्ना दिने तयारीमा रहेका उनीहरूलाई प्रहरीले भाटभटेनीमै रोकेको छ । यसअघि धेरै पटक सरकारबाट आश्वासन पाए पनि मिटरब्याजमाथि कारबाही नभएको र आफूहरूले न्याय नपाएको भन्दै अब भने समस्या समाधान नभएसम्म घर नफर्कने अडानमा उनीहरू रहेका छन् ।

सोमबार काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले मिटर ब्याज पीडितलाई खुलामञ्च प्रवेश गर्न रोक लगाएको थियो । सो क्रममा उनीहरूको राशन बोक्ने गाडी पनि प्रहरीले नियन्त्रणमा लिएर मध्य राति मात्र फिर्ता दिएको उनीहरूको आरोप छ ।

पीडितहरूलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ऐक्यबद्धता जनाएका छन् । बालुवाटार पुगेका पीडितहरूलाई भेटेर रविले आफू पीडितहरूको पक्षमा रहेको बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *