युरोकप छनौटमा फ्रान्सको लगातार दोस्रो जित

काठमाडौँ । युरोकप छनौट अन्तर्गत फ्रान्सले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

फ्रान्सको जितमा खेलको ५०औँ मिनेटमा बेन्जामिन पभार्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । योसँगै समूह बि मा रहेको फ्रान्सको २ खेलमा ६ अंक भएको छ ।

यसै समूहमा रहेको नेदरल्याण्डसले आफ्नो पहिलो जित हासिल गरेको छ । पहिलो खेलमा फ्रान्ससँग पराजित भएको नेदरल्याण्डस दोस्रो खेलमा गिब्राल्टरलाई ३-० ले पराजित गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *