न्याय खाेज्न निरन्तर १२ दिन पैदल हिँडेका पाउहरू (तस्बिर कथा)

काठमाडौँ । मधेस र कोशी प्रदेशका १० जिल्लाका मिटर ब्याज पीडितहरू न्यायको लागी संघीय राजधानी काठमाडौँ आइपुगे । मधेस प्रदेशका ८ र कोशी प्रदेशका २ जिल्लाका गरी ८५ जना मिटर ब्याज पीडितहरू बर्दिबासबाट ११ दिन हिँडेर चैत्र १२ गते काठमाडौँको मातातीर्थ आइपुगेका हुन्।

उनीहरू ७ जना अभियान्ताको सहयोगमा चैत्र २ गतेदेखि न्यायका लागि संघीय राजधानीतर्फ पाइला चलाएका हुन् । आज अर्थात् चैत्र १३ गते मातातीर्थबाट संघीय सरकारसामु न्याय माग्न उनीहरू खुल्लामञ्चमा आउने कार्यक्रम भए पनि यो समाचार तयार पार्दासम्म काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले उनीहरूलाई खुल्लामञ्चमा छिर्न दिइरहेका छैनन् ।

यो तस्बिर कथामा हामीले १२ दिन न्यायका लागि हिँडेका तीनै पीडित नेपालीका ‘पाउ’हरूलाई समेटेका छाैँ ।

तस्बिरहरू 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *