मिटर ब्याज पीडितलाई खुलामञ्च छिर्न नदिन महानगरको ताला

काठमाडौँ । मिटर ब्याज पीडितलाई खुलामञ्चमा छिर्न नदिन काठमाडौँ महानगरपालिकाले गेटमा ताला लगाएको छ ।

महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौँको मातातीर्थ मन्दिर परिसरमा आई बास बसेका मिटर ब्याज पीडितहरु खुलामञ्चमा आउने तयारी गरेको थाहा पाएपछि नगरप्रहरीसहितको महानगरको टोलीले खुलामञ्चको गेटमा ताला लगाएको हो ।

अहिले महानगरले खुल्ला मञ्चको प्रवेशद्वार बन्द गराएर नगर प्रहरी तैनाथ गरेको छ । तर, सरकारले भने पीडितलाई राख्न खुलामञ्च नै उपलब्ध गराएको पीडित पक्षको भनाइ छ ।

अहिले पीडितहरु मातातीर्थबाट खुलामञ्चका लागि प्रस्थान गरेका छन् । उनीहरु १२ दिन हिँडेर खुलामञ्च पुग्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *