मातातीर्थ पुगेर सीके राउतले भेटे मिटर ब्याज पीडित

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले मिटरब्याज पीडितको नागरिकको टोलीलाई मातातीर्थ पुगेर भेट गरेका छन् । महोत्तरीको बर्दीबासबाट ११ दिनदेखि पैदल हिँडेर काठमाडौँ आइपुगेका उनीहरुलाई अध्यक्ष राउतले भेटेर समस्याबारे जानकारी लिएका हुन् ।

भेटका क्रममा पीडितहरुले आफूहरु मिटर ब्याजका कारण घरखेत नै गुमाउनु पर्ने अवस्थामा पुगेको भन्दै न्याय नपाएसम्म काठमाडौँबाट नफर्कीने अडानमा रहेको बताएका छन् । उनीहरुले आफूहरुलाई जसरी पनि न्याय दिलाइ दिन राउतसँग माग गरेका छन् ।

भेटका क्रममा अध्यक्ष राउतले मिटर ब्याज पीडितको समस्या समाधान गर्न सरकारले एउटा कार्यदल नै बनाएर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मिटर ब्याज पीडितको पक्षमा आफू र आफ्नो पार्टी रहेको भन्दै उनले मिटर ब्याजपीडितको पक्षमा आफ्नो पार्टीले पनि आन्दोलन गरेको बताए । आफूहरुको आन्दोलनका बेला सरकारसँग समस्या समाधान गर्ने सहमति भएको प पनि उनले बताए ।

उनले यसबारे आफूले निरन्तर सरकारसँग कुरा गरिरहेको बताए । र पीडितहरुको समस्या समाधानमा सरकार गम्भीर नभए आफूहरु पनि आन्दोलनमा उत्रिने प्रतिवद्धता उनले जनाए ।

‘कतिपय गृह मन्त्रालयले परिपत्र गरेर पनि समाधान गर्न सक्छ,’ उनले भने, ‘ कतिपय विषय अदालतमा विचाराधीन भएकाले विधेयक वा अध्यादेश ल्याएर मात्र समाधान गर्न सकिन्छ । यसबारे हामी सरकारसँग कुरा गरिरहेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *