सन्दीप लामिछानेविरूद्ध मुद्दाको सुनुवाइ सर्‍यो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सार्न उनका वकिलले  माग गरेका छन् । सन्दीपको मुद्दामा सुनुवाइका लागि सोमबार पेशी तोकिएपछि सन्दीपका वकिलले उनको मुद्दा सार्न माग गरेका हुन् ।

सन्दीपलाई जेलमा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेकै इजलाशमा सुनुवाईका लागि पेशी तोकिएको भन्दै सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले उनको मुद्दा सार्न माग गर्दै निदेदन दिएका हुन् । उनका अनुसार थुनामा पठाउने न्यायाधीशकै इजलाशमा उक्त मुद्दामा सुनुवाई गर्न प्राविधिक रुपमै नमिल्ने भन्दै उनले अदालतको ध्यानाकर्षण गराएका थिए ।

गत २१ भदौमा बालिका बलात्कारको ओरापमा सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको थियो । १८ कात्तिक मा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले आदेश दिएको थियो ।

तर, उच्च अदालतले भने जिल्ला अदालतको उक्त आदेश उल्ट्याँदै सन्दीपलाई शर्तसहित २० लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

उक्त आदेशपछि सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरेको थियो । त्यसयता सन्दीपले देशभित्रै र युएईमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतका त्रिकोणात्मक एकदिवसीय सिरिजहरुमा राम्रो प्रदर्शन गरेका थिए । सन्दीपको समेत महत्वपूर्ण योगदानमा नेपाली टोलीले १२ मध्ये ११ खेलमा जित हात पारेर विश्वकप छनोट चरणमा प्रवेश गरेको छ ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *