बाह्र दिन हिँडेर माइतीघर पुग्दै मिटरब्याज पीडित (तस्बिरहरू) 

काठमाडौँ । महोत्तरीको बर्दिबासबाट हिँडेको १२ दिनपछि मिटरब्याज पीडित आज काठमाडौँको माइतीघर आइपुग्दै छन् । चन्द्रनिगाहपुर, हेटौँडा, भीमफेदी र चन्द्रागिरि हुँदै ८५ जना मिटरब्याज पीडित आइतबार काठमाडौँको मातातीर्थ आइपुगेका थिए ।

मातातीर्थको मन्दिरमा बास बसेका उनीहरू बिहानका खाना आएर माइतीघरका लागि हिँडेका छन् । ८५ जना मिटरब्याज पीडित र ७ अगुवा गरी ९२ जनाको सङ्ख्यामा रहेका उनीहरू आजदेखि माइतीघर मण्डलामा धर्ना थाल्ने तयारीमा छन् । एघार दिन पैदलयात्रा गरेको उनीहरू स्कुल, धर्मशाला तथा वडा कार्यालयलगायत सार्वजनिक स्थलमा बाँस बस्दै संघीय राजधानी आइपुगेका हुन् ।

आफूहरूका माग पूरा नभएसम्म नफर्किने उनीहरूको तयारी छ । यसअघि गत जेठ र साउनमा मिटरब्याज पीडितले लगातार आन्दोलन गरेपछि तत्कालीन शेरबहादुर देउवा सरकारले कार्यदल नै बनाएर छानबिन गरेको थियो ।

सरकारसँग असोज १ मा भएको सम्झौतापछि उनीहरूको आन्दोलन स्थगित भएको थियो । तर, सम्झौता कार्यान्वयन नभएपछि उनीहरू फेरि आन्दोलित हुन थालेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *