सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । साप्ताहिक कारोबारको दोस्रो दिन आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा २०० रुपैयाँले घटेपछि सोमबार छापाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार पनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो । आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार भने चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *