इंग्ल्यान्डको लगातार दोस्रो जित, केन र साकाले गरे गोल

काठमाडौँ । युरोकप छनौट अन्तर्गत इटाली र इंग्ल्यान्डले आ-आफ्नो खेल जितेका छन् । गएराती सम्पन्न खेलमा इटालीले माल्टालाई २-० गोल अन्तरले पराजित गरेको छ । इटालीको जितमा माटेओ रेटेगुइ र माटेओ पेस्सिनाले एक एक गोल गरेका थिए ।

त्यसैगरी इंग्ल्यान्डले युक्रेनलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।  इंग्ल्यान्डको जितमा ह्यारी केन र बुकायो साकाले एक एक गोल गरेका थिए । यो जितपछि इंग्ल्यान्डको २ खेलमा ६ अंक भएको छ र समूह सी मा शीर्ष स्थानमा रहेको छ । युक्रेनले युरोकप छनौटको आफ्नो पहिलो खेल हारेको छ ।

इटालीले भने दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । इटालीको २ खेलमा ३ अंक भएको छ । माल्टाले युरोकप छनौटमा आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *