साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालको दोस्रो हार

साफ यू-१७ महिला च्याम्पियनसिप २०२३ मा नेपाल रसियासँग पराजित भएको छ। बंगलादेशमा नेपाल आइतबार रसियासँग ३-० गोलले पराजित भएको हो।

नेपालको यो दोस्रो हार हो। पहिलो खेलमा भारतसँग ४-१ ले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले भुटानलाई ५-० गोलले पराजित गरेको थियो।

साफ यू-१७ महिला च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र आमन्त्रित टिम रसिया सहभागी छन्।

नेपालले अन्तिम खेल मंगलबार बंगलादेशसँग खेल्नेछ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टिम च्याम्पियन हुनेछ। अहिलेसम्म रसिया तीनै खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ। भारत र बंगलादेशले समान दुई खेलमा जित हात पारेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *