बागमती करिडोरमा पर्ने गोकर्ण वनको पर्खाल भत्काउने व्यवस्था गर्न सांसद चालिसेको माग

काठमाडौँ । नेपाली कांग्रेसका सन्तोष चालिसले बागमती करिडोर सडक विस्तार आयोजनामा परेको नेपाल ट्रष्टकाे स्वामित्वमा रहेकाे गाेकर्ण वन क्षेत्रको जग्गा परेकोले उक्त जग्गाको भोगाधिकार दिनुपर्ने माग गरेका छन् । आइतबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ–३ अन्तर्गत पर्ने गुह्यश्वरीदेखि सुन्दरीजलसम्म १० किलोमिटर मध्ये ५ किलोमिटर करिडोर खुलिसकेको भन्दै बाँकी ५ किलोमिटर मध्ये १०० मिटर क्षेत्रमा पर्ने गोकर्ण वनकाे पर्खाल भत्काउने व्यवस्था गर्ने माग गरेका हुन् ।

उक्त पर्खाल भत्काएर बाँकी ५ किलाेमिटर करिडाेर विस्तार गर्न सकिए बागमती करिडाेर सडकले सुन्दरीजलसम्म सुविधा पुग्ने उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *