लुम्बिनीमा नयाँ सरकार बनाउन सत्ता गठबन्धनको दाबी पेश

काठमाडौँ । लुम्बिनीमा नयाँ सरकार गठबन गर्न सत्ता गठबन्धनले दाबी पेश गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले ८ दलको समर्थनमा मुख्यमन्त्री बन्न प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् ।

८ दलीय घटकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीलगायत ८ दलको समर्थनमा चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

एमालेका लिला गिरीले नेतृत्व गरेको लुम्बनी सरकारबाट बाहिरिएर नयाँ सरकार बनाउन आजै माओवादीका ३ जना मन्त्रीले राजीनामा दिएका थिए ।

चौधरीले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनमा दाबी पेश गरेको उल्लेख गरेका हुन् ।

यस्ताे छ दाबी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *