सन्धिखर्क पुग्दै अध्यक्ष ओली
२०७९ चैत १२ गते

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अर्घाखाँची जाँदैछन् । शनिबार कपिलवस्तु पुगेका ओली आज अर्घाखाँची जान लागेका हुन् ।
अध्यक्ष ओली अहिले केहीबेरमा सन्धिखर्क पुग्नेछन् । उनले मध्यान्ह १२ बजे सन्धिखर्कमा आयोजना हुने पार्टीको मिसन ग्रासरुट अभियानसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सो कार्यक्रमलाई सम्बोधन गरेर ओली आजै सन्धिखर्क नगरपालिकास्थित अर्घा भगवति मन्दिरको दर्शन गर्ने जनाइएको छ ।
अध्यक्ष ओली भोलि बिहान अर्घाखाँचीको मालारानी गाउँपालिका हुँदै गुल्मीको सदरमुकाम तम्घास जाने कार्यक्रम छ ।
२०७९ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित








