चेक रिपब्लिकसँग हार्‍यो पोल्याण्ड

काठमाडौँ । युरोकप छनौट अन्तर्गत पोल्याण्डले खराब शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पोल्याण्ड चेक रिपब्लिकसँग ३-१ गोल अन्तरले पराजित भएको छ ।

चेक रिपब्लिकको जितमा लाडिस क्रेजसी, टोमस भान्कारा र जान कुचटाले एक एक गोल गरेका थिए भने पोल्याण्डका लागि एक गोल डामियन सिमान्सकीले फर्काएका थिए । योजितपछि चेक रिपब्लिकले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

साथै यसै समुहमा रहेको फरोए आइल्याण्ड र मोल्ड़ोभा भने १-१ गोलको बराबरी खेल्दै एक एक अंक बाँडेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *