महिला फुटबलको वरियतामा नेपालको ३ स्थान सुधार

काठमाडौं । फिफा महिला वरियतामा नेपालको तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल तीन स्थार सुधार गर्दै शीर्ष १०० मा पर्न सफल भएको छ ।

यसअघि १०३औं वरियतामा रहेको नेपाल नयाँ वरियतामा १००औं स्थानमा उक्लिएको छ । एसियाली राष्ट्रहरुमध्ये नेपाल २०औं स्थानमा छ ।

गत फेब्रुअरीमा नेपाली महिला टिमले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा पहिलो खेल २-२ को बराबरीमा सकिएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल भन्दा अघि रहेको भारत ६१औं स्थानमा छ । साफ महिला च्याम्पियनसिपको उपाधि जितेको बंगलादेश १४०औं स्थानमा छ ।

विश्व वरियतामा भने अमेरिका शीर्ष स्थानमा यथावत छ । जर्मनी दोस्रो, स्वीडेन, इंग्ल्याण्ड चौथो, फ्रान्स पाँचौं,क्यानडा छैठौं, स्पेन सातौं, नेदरल्यान्ड्स आठौं, ब्राजिल नवौं स्थानमा छ ।

एसियाली राष्ट्रमध्ये सबैभन्दा अगाडि रहेको अष्ट्रेलिया दुई स्थान सुधार गर्दै १०औं स्थानमा उक्लेको छ । अर्को एसियाली राष्ट्र जापान ११औं स्थानमा यथावत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *