एम्बाप्पेले कप्तानी सम्हालेपछिको पहलो खेलमा फ्रान्सको शानदार जीत

काठमाडौँ । फ्रान्सले युरोकप २०२४ को छनोटको पहिलो खेलमा शानदार सुरुवात गरेको छ । २४ वर्षीय किलियान एम्बाप्पेले कप्तानी सम्हालेपछिको पहिलो खेलमा फ्रान्सले सुखद् सुरुवात गरेको हो ।

शुक्रबार राति भएको खेलमा एम्बाप्पेको दुईको गोलको मद्दतले फ्रान्सले नेदरल्याण्डमाथि ४-० को शानदार जीत हासिल गरेको छ । एन्टोनी ग्रिजमानले खेलको दोस्रो मिनेटमा नै फ्रान्सलाई अग्रता दिलाएका थिए । छ मिनेटपछि डिफेन्डर डायोट उपामेकानोले टोलीको अग्रता दोब्बर बनाए । २१ औँ मिनेटमा एम्बाप्पेले फ्रान्सका लागि व्यक्तिगत ३७ औँ गोल गर्दै अग्रता फराकिलो बनाए ।

दोस्रो हाफमा एम्बाप्पेले अर्को गोल थप्दै जीत सुनिश्चित गरे । खेलको अन्त्यतिर नेदरल्याण्डका मेम्फिस डिपायले पेनाल्टीबाट सान्तवना गोल गर्ने अवसर गुमाएका थिए । यसजितसँगै फ्रान्सले ३ अंब जोडेको छ । नेदरल्याण्डअंक विहीन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *