विश्वकपपछिको पहिलो खेलमा अर्जेन्टिना विजयी, मेस्सीको कीर्तिमान

काठमाडौँ । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा पानामालाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा अर्जेन्टिनाले पानामालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

विश्वकप जितेपछि अर्जेन्टिनाले पहिलो खेल खेलेको हो । यस खेलमा थियागो अल्माडा र लियोनेल मेस्सीले एक एक गोल गरेका थिए । अल्माडाले खेलको ७८औँ मिनेट र मेसीले खेलको ८९औँ मिनेटमा गोल गरेका थिए ।

मेस्सीले यस खेलमा गोल गरेसँगै उनले क्लब र देश गरी आफ्नो क्यारियरमा ८०० गोल पूरा गरेका छन् । अब अर्जेन्टिनाले अर्को खेल मार्च २८ मा कुराकाओसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *